२६ बैशाख २०८३, शनिबार

४० बुँदे मागसहित आजदेखि आन्दोलनमा राप्रपा


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग ४० बुँदे माग राख्दै आजदेखि चरणबद्ध आन्दोलन सुरु गर्दै छ । राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी लगायतका ४० बुँदे माग राखेर प्रधानमन्त्रीलाई आज ज्ञापनपत्र बुझाउन लागेको प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

राप्रपाले आज दबावमूलक र्‍याली गर्दै छ । श्रेष्ठका अनुसार र्‍याली दिउँसो १२:३० बजे भृकुटीमण्डपबाट शुरु हुने र्‍याली भद्रकाली, सुन्धारा, वीर हस्पिटल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप पुग्ने, भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ भने भृकुटीमण्डपमा हुने सभालाई प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाइसकेपछि अध्यक्ष लिङ्देन लगायतका नेताले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राप्रपाका आन्दोलन प्रचार समिति संयोजक श्रेष्ठका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई र देशका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने कार्य तय भएको छ भने राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनः स्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखेको छ ।

 


प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives