१७ माघ २०८२, शनिबार

विश्वभरका मुलुकहरूको पासपोर्टको वरियता सार्वजनिक


काठमाडौं। सन् २०२४ का लागि विश्वभरका मुलुकहरूको पासपोर्टको वरियता सार्वजनिक भएको छ। हेनली पासपोर्ट इन्डेक्सले सन् २०२४ का लागि जारी गरेको पासपोर्टको वरियतामा फ्रान्स सबैभन्दा शक्तिशाली मुलुक बनेको छ।

रिपोर्ट अनुसार फ्रान्सको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ। जसका नागरिक विश्वका १९४ मुलुक भिसा बिनै आवतजावत गर्न सक्ने छन्। त्यस्तै रिपोर्टमा फ्रान्ससहित जर्मनी, इटली, जापान, सिङ्गापुर र स्पेन पनि शीर्ष स्थानमा रहेका छन्। यी देशका नागरिक पनि विश्वका १९४ मुलुकमा भिसा बिनै आवतजावत गर्न पाउने छन्।

त्यसैगरी, पासपोर्ट वरियतामा नेपाल १०३औँ स्थानमा रहेको छ भने नेपालका नागरिक विश्वका ४० मुलुक भिसा बिनै आवतजावत गर्न पाउने छन् । सन् २०२३ मा पनि नेपालको वरियता १०३ नै रहेको थियो । नेपालसहित लिबिया र प्यालेस्टाइन पनि १०३ औँ स्थानमा रहेको छ।

सबैभन्दा कमजोर मुलुकमा अफगानिस्तान रहेको छ। अफगानिस्तान १०९ औँ स्थानमा रहेको छ। यहाँका नागरिक २८ मुलुकमा भिसा बिनै आवतजावत गर्न पाउने छन्।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार