१७ माघ २०८२, शनिबार

आज सुनको मूल्य फेरी बढ्यो


काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघका अनुसार हिजो आइतबारको तुलनामा आज सुनको मूल्य ४०० रुपैयाँले बढेर कारोबारमा आएको हो ।

त्यस्तै, हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ५० रुपैयाँ कायम थियो भने आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ कायम भएको छ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ ।

गत साताको शुक्रबारको तुलनामा ५०० रुपैयाँले बढेर सुनको कारोबार सुरु भएको थियो । सुनको मूल्य बढे पनि आज चाँदीको मूल्य भने घटेको छ । आइतबार तोलामा १४ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय १० रुपैयाँ कायम रहेको छ ।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार