१८ माघ २०८२, आईतवार

तस्विरमा प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औं वार्षिकोत्सव (फाेटाे फिचर)


काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औं वार्षिकोत्सव कार्यक्रम सोही प्रतिष्ठानमा सोमबार आयोजित विशेष समारोहबिच सम्पन्न भएको छ ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको प्रशिक्षण लगायत अन्य विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याउनु हुने अवकाश प्राप्त प्रहरी नायव निरीक्षक इन्द्र प्रसाद तिवारीलाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभयो । यसैगरी उहाँले प्रशिक्षण गतिविधिलाई व्यवस्थित एवम् प्रभावकारी रूपमा संचालन गरी दक्ष एवम् व्यवसायिक जनशक्ति उत्पादन गर्नमा उल्लेखनिय योगदान पुर्‍याउने गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा कास्कीका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेललाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

साथै उहाँले प्रतिष्ठानलाई सहयोग गर्ने केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेलाई प्रशंसापत्र प्रदान गर्नुका साथै रस्साकस्सी खेलका विजेतालाई पुरस्कार समेत प्रदान गर्नुभयो । उहाँले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा-२०८०’ को लोकार्पण समेत गर्नुभयो ।


प्रकाशित मिति: २९ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार