काठमाडाैं । नेकपा (एमाले)का महासचिव कमरेड शंकर पोखरेल चढेको गाडी हिजो दैलेखको डुंगेश्वर गापा–१, चुप्रा नजिक दुर्घटना भएको थियो । केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार महासचिव कमरेड तत्पश्चात दैलेख बजार आई आठौं जिल्ला अधिवेशनलाई सम्बोधन गरी काठमाडौं फर्किनुभएको छ ।
गाडीमा सवार महासचिव कमरेड, केन्द्रीय सदस्य दीपा शर्मा र प्रदेश सचिव ध्रुव शाहीलाई चोटपटक लागेन भने प्रदेश उपसचिव पद्मा खड्काको हातमा चोट लागेको छ । महासचिवको स्वकीय सचिव सरोज रेग्मीका अनुसार अहिले उहाँको विर अस्पतालमा आवश्यक स्वास्थ्य परिक्षण भइरहेको छ ।
प्रकाशित मिति: २८ माघ २०८०, आईतवार