१० पुष २०८१, बुधबार

न्याय सेवाले माग्यो ४३ जिल्ला न्यायाधीश


काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदमा आवेदन आह्वान गरेको छ । आन्तरिक खुला, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गर्ने गरी आयोगले ४३ सिटमा शुक्रबार आवेदन आह्वान गरेको हो ।

आयोगद्वारा प्रकाशित सूचनाअनुसार आन्तरिक खुलामा २१, खुलामा १२, महिलामा २, आदिवासी जनजातिमा २, मधेसी २ र दलित, अपांगमा १/१ सिट छुट्याइएको छ ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?