१८ माघ २०८२, आईतवार

चीन र नेपालका लागि राजदूत सोङले गरे शान्तिको कामना


काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत चेन सोङले चिनियाँ नयाँ वर्षको अवसरमा चीन र नेपालको समृद्धि र शान्तिको कामना गरेका छन् । उनले शुक्रवार आफ्नो समाजिक सञ्जाल एक्समार्फत भने, ‘म चीन र नेपालका जनतालाई ड्र्यागन वर्षको शुभकामना र समृद्धिको कामना गर्दछु ?’

चिनियाँ राजदूतावासले चीनको नयाँ वर्षको उपलक्ष्यमा नेपालमा विभिन्न कार्यक्रम गरी साँस्कृतिक महोत्सव मनाइरहेको छ भने सोही सिलसिलामा माघ २४ गते रत्नपार्कमा दीप प्रज्वलन गरेर नयाँ वर्ष मनाइएको थियो ।

उक्त कार्यक्रमको प्रमुख अतिथी पर्यटनमन्त्री सुदन किँराती थिए । सो कार्यक्रममा चिनियाँ कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए भने नयाँ वर्षको अवसरमा दूतावासले फेबु्रअरी २१ सम्म रत्नपार्कमा दीप प्रज्वलन तथा विभिन्न कार्यक्रमक जारी रहने बताएको छ ।

उनले यो दीप प्रज्वलनले काठमाडौंलाई उज्यालो बनाएको समेत बताएका छन् ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार