१८ माघ २०८२, आईतवार

नेपालीको राहदानी नवीकरण गर्न नेपाल सरकारको घुम्ती टोली रोमानिया जाँदै


काठमाडौं। सरकारले रोमानियामा रहेका नेपालीको राहदानी नवीकरणका लागि घुम्ती सेवा प्रदान गर्ने भएको छ ।

जर्मनीको लागि नेपाली राजदूतावासले डिसेम्बर ३१, २०२४ सम्म म्याद रहेका राहदानीको नवीकरण गर्न घुम्ती टोली रोमानिया पुग्ने सूचनामार्फत जानकारी दिएको छ । राजदूतावासले बुधबार जारी गरेको सूचनामा आफ्नो विवरण भर्न र नवीकरण गर्न रोमानियामा रहेका नेपालीलाई भनिएको छ ।

त्यस्तै, रोमानियामा नेपालको राजदूतावास छैन । राजदूतावास नभएका कारण नेपालीहरूले आफ्नो राहदानी नवीकरण गर्न जर्मनी पुग्नुपर्ने हुन्छ । अब सो समस्या समाधान गर्न नेपाल सरकारले घुम्ती राहदानी सेवा सुरु गर्ने भएको छ ।

 

 

 


प्रकाशित मिति: २५ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार