१९ माघ २०८२, सोमबार

सुन तस्करीबारे बयान दिन पूर्व सभामुख महरा सिंहदरबारमा


काठमाडौं। सुन तस्करी जाँचबुझ आयोगले पूर्व सभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ । उक्त आयोगको आग्रहमा उनी सिंहदरबारस्थित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा पुगेका हुन् ।

उक्त आयोगको कार्यालय पुरानो गृह मन्त्रालयमाको भवनमा छ । त्यस्तै, इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा पूर्व सभामुख कृष्णबहादुर महराको ‘कनेक्सन’ देखिएको छ भने सीआईबीले महराको बयान कायज गराएर उनलाई प्रतिवादी कायम नगरीकन अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

त्यस्तै, चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको ‘भेप’ छुटाउन आफूले तत्कालीन भन्सार प्रमुखलाई ‘फोन मात्रै गरेको’ यसअघि अनुसन्धान अधिकृतहरूसँग बताएका थिए ।

सीआइ्र्रबीका अनुसन्धान अधिकृतहरूसँग चिनियाँ सुन तस्कर दाओजिन वाङसँग आफ्नो पुरानो चिनजान रहेको महराले स्वीकारेका छन् । पूर्व सभामुख महराको बयान जारी रहेको सुन तस्करी जाँचबुझ आयोगका एक जना उच्च अधिकृतले बताएका थिए ।

 


प्रकाशित मिति: २५ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार