९ पुष २०८१, मंगलवार

अचम्म होइन त? यस्तो नियम कसले बनायो? किन बनायो?


-डा.अम्बिरस पाेखरेल

एउटी महिला केही बर्ष अमेरिका बसेर अब आफ्नै घरमा बसुँ भनी नेपाल फर्किइन । आफूले लाउनका लागि यहाँबाट जाँदानै लगेका सुनका गहना पनि लिएर आइन ।दशौं बर्ष अघि किनेका र आफूले लाएका ति पुराना सुनका गहनाको बिल माग्दै काठ्माण्डौ एयरपोर्टमा छानबिनका लागि भनेर रोकियो । उनले पहिला आफूले यहीबाट लगेका गहना हुन भनिन तर सुन ल्याउन नपाइने भनियो र दिइएन ।

घरमा आएर धेरै बर्ष अघिका बिल लिएर गइन तर पनि भन्सार नतिरी गहना फिर्ता दिन नमिल्ने भनियो । उनी हातमा नेपालकैं बिभिन्न पसलमा किनेको बिल बोकेर धाइरहेकी छिन तर गहना दिइएको छैन ।

अरुको देशमा पैसा, सुन, सम्पत्ति देश भित्र्याउन पाइन्छ, बाहिर लान पाइदैन । हाम्रो देशमा चाँही सम्पत्ति सजिलै बाहिर लान पाइन्छ, आफ्नो देशमा ल्याउन पाइदैन, अचम्म होइन त?


प्रकाशित मिति: २५ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?