१९ माघ २०८२, सोमबार

फेरी घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदै छ खरिद-बिक्री ?


काठमाडौं। आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम रहेको छ ।

त्यसैगरी, बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ थियो । यो साताको आइतबार सुनको मूल्य तोलामा १ लाख १८ हजार ९०० रुपैयाँ थियो भने सोमबार, मंगलबार र बुधवार समेत घटेको थियो । महासंघका अनुसार आज बिहीबार पनि सुनको मूल्य घटेर कारोबारमा आएको हो ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । हिजो बुधवार चाँदीको कारोबार मूल्य तोलामा १३ सय ७५ रुपैयाँ थियो भने आज ५ रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रकाशित मिति: २५ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार