२० मंसिर २०८२, शनिबार

मुख्यमन्त्रीकाे भाइरल अभिव्यक्ति-“फस्ट बेन्चरहरू खरदार भए,म लास्ट बेञ्चर मुख्यमन्त्री बनेँ !”


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीले एक सामुदायिक विद्यालयमा दिएको अभिव्यक्ति भाइरल बनेको छ । विद्यालयको वार्षिक उत्सव समारोहमा उनले विद्यालय तथा स्कुलका ट्यालेन्ट विद्यार्थी (फस्ट बेन्चर)हरू खरदार भएको तर आफू लास्ट बेञ्चर भएपनि मुख्यमन्त्री बनेको दाबी गरेका थिए । कक्षा कोठामा दिइने ज्ञान विभिन्न किसिमको हुने उनले बताएका छन् । प्रमाणपत्रमा दिइएको अंकले मात्रै ज्ञानको मापन नहुने उनको भनाइ छ । ‘

उनले गरेको यो भाषणको भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ । दुई दिनअघि भाषण गरेको उनले भनेका थिए, ‘म पनि लास्ट बेन्चमै बस्ने विद्यार्थी हुँ । फस्ट बेन्चमा बस्नेले केबल लेख्न पढ्न मात्र जान्यो, ऊ अहिले खरिदार छ म अहिले मुख्यमन्त्री छु । उसले कसरी हुन्छ भुँडी भर्न मात्र जान्यो ।’


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार