१३ आश्विन २०८३, मंगलवार

विवाहपूर्व २० वर्ष पुगेको प्रमाणपत्र लिनुपर्ने


काठमाडौं। बालविवाह रोकथामका लागि प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ । सोमबार प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले समाजमा बालविवाह व्याप्त रहेको भन्दै नीतिगत रूपमै निर्मूल पार्ने प्रयासका लागि प्रतिनिधि सभामा संकल्प प्रस्ताव लगेकी हुन् ।

त्यसैगरी, विवाहपूर्व २० वर्ष पुगेको बालिग प्रमाणपत्र लिएर मात्र विवाह गर्न पाउने व्यवस्था हुनुपर्ने संकल्प प्रस्तावमा छ । संविधान २०७२ को धारा ३९ को उपधारा ५ मा बालबालिका को विवाह गर्न नहुने उल्लेख छ । मुलुकी देवानी संहिता, २०७४, बालबालिकासम्बन्धी ऐन २०७५ ऐनले पनि नीतिगत तहमै बालविवाह लाई अमान्य भनेको छ।

बालविवाह नरोकिएकाले विवाहपूर्व २० वर्ष पुगेको प्रमाणपत्र लिनुपर्ने व्यवस्था गर्न आवश्यक भएको संकल्प प्रस्तावमा उल्लेख छ ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार