२५ मंसिर २०८२, बिहीबार

स्थानीय आविष्कार केन्द्र खोल्दै धरान उपमहानगर


काठमाडौं। सुनसरीको धरान उपमहानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ ।

धरानमा रहेको पूर्वाञ्चल इन्जिनियर क्याम्पसमा स्थानीय आविष्कार केन्द्र खोल्न आज क्याम्पससँग उपमहानगरले सम्झौता गरेको हो ।त्यस्तै, क्याम्पस प्रमुख कार्कीका अनुसार पहिलो चरणमा केन्द्रलाई आवश्यक पर्ने करिब २ करोड लागतको भवन उपमहानगरले निर्माण गर्ने सहमति भएको हो ।

उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई र क्याम्पस प्रमुख काजिराम कार्कीबीच स्थानीय आविष्कार केन्द्र खोल्न सहमति पत्र आदान प्रदान भएको मेयर राईको सचिवालयले जनाएको छ ।


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार