११ पुष २०८१, बिहीबार

बिहारका मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा


काठमाडौं। भारत बिहारका मुख्यमन्त्री नीतिश कुमारले राजीनामा दिएका छन् । उनले आज बिहान ११ बजे राज्यपाद राजेन्द्र विश्वनाथ अर्लेकरलाई राजीनामा बुझाएका हुन् । राजीनामा दिएसँगै उनले गठबन्धनबाट अलग हुने घोषणा पनि गरेको बीबीसी हिन्दीले जनाएको छ ।

उनले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै जनता र पार्टीको राय सुनेर राजीनामा दिएको बताएका छन् । त्यस्तै, गत हप्ता नै नीतिश कुमारले राजदबाट गठबन्धन तोडेर फेरि भाजपासँग गठबन्धन गर्ने अनुमान गरिएको थियो ।

नीतिश कुमारले सन् २०२२ को अगष्टमा भाजपाबाट गठबन्धन तोडेर राजदसँग मिलेका थिए ।


प्रकाशित मिति: १४ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?