२० माघ २०८२, मंगलवार

कटन क्यान्डीमा अखाद्य रङ्ग भेटियो, बजार अनुगमन सशक्त बनाउन उपप्रमुखको निर्देशन


काठमाडौँ । काठमाडौंँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, बालबालिकाका लागि खानेकुरा किन्दा गुणस्तर हेरेर मात्र किन्न आग्रह गर्नुभएको छ । बालबालिकालाई लक्षित खुला रुपमा बेचिने कटन क्यान्डी (मिठाइ) महानगरपालिकाको वडा नं. ७ चावहिल चोकबाट नमूना संकलन गरेर महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले पुस २९ गते राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका पठाएको थियो ।

यसरी पठाइएको नमूनामा ‘रोडामीन बी’ नामक अखाद्य रङ्ग मिसाइएको प्रतिवेदन प्राप्त भएपछि उपप्रमुख डंगोलले, बजार अनुगमन टोलीलाई यस्ता बस्तु बेचिने ठाउँहरुमा तत्काल अनुगमन गर्न निर्देशन दिँदै अभिभावकहरुलाई खानेकुरा किन्दा गुणस्तर हेरेर मात्र किन्न आग्रह गर्नुभएको हो ।

‘सबैले खानेकुरा गुणस्तरीय हुनुपर्छ । बालबालिकाहरुका सन्दर्भमा उनीहरुलाई के खाने, कस्तो खाने, कति खाने थाहा हुँदैन । हेर्दा आकर्षक देखिने खानेकुरामा लोभिन्छन् । त्यसैले बालबालिकाका खानेकुराको गुणस्तरमा अभिभावकले ध्यान दिनुपर्छ ।’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘अखाद्य बस्तुको बेचबिखनसहित अनुचित व्यापारिक क्रियाकलाप हुन नदिन महानगरपालिका चनाखो छ । सशक्त भएर काम गर्नेछ ।’


प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार