३ पुष २०८२, बिहीबार

७५औँ गणतन्त्र दिवसका दिन भारतीय दूतावासमा विशेष कार्यक्रम आयोजना


काठमाडौं। भारतको ७५औँ गणतन्त्र दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावास काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरे । उनले मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई पाँच करोड सात लाख नगद तथा कम्बल वितरण गरी सम्मान गरेका छन् ।

त्यस्तै उनले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरूका लागि भारत सरकारको कल्याणकारी पहलहरू समावेश गरिएको भूपू-२०२४ पत्रिकाको लोकार्पण गरे । सो अवसरमा दूतावासले ३० वटा संस्थालाई १९ लाख बराबरको पुस्तक उपहारस्वरूप वितरण गरेको छ ।


प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार