२३ पुष २०८१, मंगलवार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?


काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३० पैसा रहेको छ ।

बुधबार डलर एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसामा कारोबार भएको थियो । त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ६० पैसा र बिक्री दर १४५ रुपैयाँ २६ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा रहेको छ ।

त्यसैगरी, बुधबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४१ पैसामा कारोबार भएको थियो भने आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार