२६ पुष २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै जाडो महसुस


काठमाडौं। काठमाडौं उपत्यकामा आज बिहान यस वर्षको हिउँद अवधिमा अहिलेसम्मकै जाडो महसुस भएको छ ।

सोमबार बेलुका काठमाडौंको न्यूनतम तापक्रम अझै घटेर ३.२ डिग्री सेल्सियस थियो भने आज बिहान पौने नौ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ । यसअघि पुस २० गते काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो ।

आज बिहान पौने नौ बजे गरिएको मापनले २० पुसको न्यूनतम तापक्रमको रेकर्ड तोडेको हो । त्यस्तै, केही दिनयता तराई मधेशका जिल्लाहरूमा मध्याह्नसम्म बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेको छ ।

यसले गर्दा दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्नेहरू र न्याना कपडाको अभाव भएकाहरू समस्यामा परेका छन् ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार