२६ बैशाख २०८३, शनिबार

माइतीघरको निषेधाज्ञा खारेजीको माग गर्दै नेविसंघद्वारा प्रजिअलाई ज्ञापनपत्र


काठमाडौं। नेपाल विद्यार्थी संघले माइतीघरलाई घोषणा गरिएको निषेधित क्षेत्र हटाउन माग गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाएको छ।

उनीहरूले शान्तिपूर्ण भेला तथा प्रदर्शन गर्न पाउने नागरिकको संवैधानिक र मौलिक अधिकार रहेको उल्लेख गर्दै जनआन्दोलनको बलमा लोकतान्त्रिक गणतन्त्र स्थापित भएपछि स्वेच्छाचारिताबिरुद्ध न्यायका पक्षमा आवाज उठाउने साझा थलोका रूपमा माइतीघर मण्डला रहेको बताएका छन्।

उनीहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न सर्वोच्च अदालतले नै अनुमति दिइसकेको अवस्थामा सरकारले उक्त क्षेत्रलाई निषेधित क्षेत्र भनी घोषणा गर्नु कानुनविपरीत रहेको भनी जिकिर गरेका हुन्।

 


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives