१५ आश्विन २०८३, बिहीबार

भीड नियन्त्रणमा घातक हतियार प्रयोगमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट


काठमाडौं। प्रहरीले भीड नियन्त्रणका लागि घातक हतियार तथा मेटल बुलेटको प्रयोगमा रोक लगाउन माग गरेर सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

नेपालमा शान्तिपूर्ण जनप्रदर्शनमा पनि मेटल बुलेट लगायत घातक हतियारको व्यापक प्रयोग भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दर्ता गरेका हुन्। पुस २९ मा दिएको रिट बुधबार दर्ता भएको त्रिपाठीले बताएका छन्।

“प्रहरीले भीड नियन्त्रणका लागि प्रयोग गर्ने मेटल बुलेट लगायतका प्राणघातक हतियारको प्रयोगले ठूलो संख्यामा निर्दोष नागरिकले ज्यान गुमाएका छन्” त्रिपाठीले रिटमा भनेका छन्, “भीड नियन्त्रणका लागि अत्यधिक बल प्रयोग एव हिंसात्मक साधनको प्रयोगलाई वर्जित गरी पाऊ।”


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार