२६ बैशाख २०८३, शनिबार

कम्युनिस्टहरू तत्काल एक हुने अवस्था छैन: माधव नेपाल


काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्टहरू तत्काल एक हुने अवस्था नरहेको बताएका छन्।

त्यस्तै, राजनीतिमा गलत विचार र प्रवृत्ति बोकेकासँग आफूहरू जुध्दै देश र जनतालाई केन्द्र विन्दुमा राखेर पार्टीलाई अघि बढाउने उल्लेख गर्दै उनले भने, ‘सबै कम्युनिष्ट मिलुन् भनेर चाहना राखेर मात्र हुँदैन।’ कुनै पनि राजनीतिक शक्तिलाई निषेध गर्न नहुने अध्यक्ष नेपालले बताए।

उक्त पार्टी निकट विद्यार्थी विशेष कमिटीले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले केही कम्युनिष्ट नेता जालझेलको राजनीतिमा सक्रिय रहेकाले उनीहरूसँग एकताको सम्भावना नरहेको समेत बताएका छन्।

 


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives