२५ बैशाख २०८३, शुक्रबार

चिसोले खुम्बु क्षेत्रमा विकास निर्माण अवरुद्ध


सल्लेरी। सोलुखुम्बुको सगरमाथा क्षेत्रमा करिब एक महिनादेखि विकास निर्माण ठप्प भएको छ ।

अत्यधिक चिसोका कारण उक्त क्षेत्रमा विकास निर्माण अवरुद्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिका(४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार गत मङ्सिरदेखि नै चिसोले हिउँ जम्न थालेपछि विकास योजनाका काम रोकिएको हो । “खुम्बुको माथिल्लो क्षेत्रमा यतिखेर हिउँ जमेका छन्, त्यसैले विकास निर्माणमा कङ्क्रिटका काम सबै ठप्प छ, हिउँ नपग्लेसम्म काम सुरु हुने अवस्था छैन”, वडाध्यक्ष अधिकारीले भने।

त्यस्तै, रोकिएका विकास निर्माण फागुनको तेस्रो साताबाट सुरु हुने उनको भनाइ रहेको छ ।


प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives