२५ बैशाख २०८३, शुक्रबार

चितवनमा चरा गणना सुरु


चितवन। चितवनमा चरा गणना सुरु भएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरालगायतका क्षेत्रबाट चरा गणना सुरु गरेको हो ।

उक्त सोसाइटीका जिल्ला अध्यक्ष टीकाराम गिरीका अनुसार चरा गणना देशभर शनिबारबाट सुरु भएको भए पनि यहाँ आजबाट सुरु गरिएको हो । त्यस्तै, चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत ठाउँमा चरा गणना गरिनेछ भने पूर्वी चितवनमा नौ स्थानमा चरा गणना गरिने छ । यसपछि पश्चिम चितवनमा सुरु गरिने उनले जानकारी दिए।

उनले भने, “आजदेखि आगामी माघ ७ गतेभित्र चरा गणना गरिसकिनेछ ।” गणनाका लागि विभिन्न समूह निर्माण गरी कामलाई अघि बढाइएको उनले बताए । उक्त जिल्लामा छ सय ५० भन्दा बढी प्रजातिका चरा पाइन्छ भने नेपालमा सन् १९८७ बाट चरा गणना थालिएको हो ।

पश्चिम चितवनको दिव्यनगर, कसरा पुलबाट पश्चिम र रिउखोलामा पूर्वी चितवनको गणना सकिएलगत्तै गरिनेछ भने बाइनाकुलार क्यामेरा, जिपिएस, साउण्ड रेकर्डरलगायतको प्रयोग गरी चरा गणना गरिने उनले बताए ।

 


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives