१ पुष २०८२, मंगलवार

भारतीय विदेशमन्त्री जयशंकरले गरे पुस्तकालय उद्घाटन


काठमाडौं। दुई दिने औपचारिक नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पुस्तकालय उद्घाटन गरेका छन्। त्यस्तै, भारतीय सहयोगमा निर्मित तीन तले पुस्तकालय भवनमा दुई हजार विद्यार्थीले अध्ययन गर्न सक्ने छन् ।

त्रिवि केन्द्रीय पुस्तकालयका कार्यकारी निर्देशक सागरराज सुवेदीका अनुसार तीन तल्ला नयाँ भवन अपाङ्गमैत्री तथा लिफ्टलगायतका सुविधा समेत रहेका छन् । त्यसअधि जयशंकरले आज बिहान पशुपतिनाथ मन्दिरको दर्शनसँगै रुद्राक्षको वृक्षारोपण समेत गरेका छन् ।

नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन हिजो काठमाडौं आएका उनी आज मध्यान्ह १२ बजे स्वदेश फर्कने छन्।


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार