२५ बैशाख २०८३, शुक्रबार

आज शेयर बजार आठ दशमलव ७१ अङ्कले घट्यो


काठमाडौं। शेयर बजार आज बिहीवार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव ७१ अङ्कले घटेर दुई हजार ४९ दशमलव २८ विन्दुमा झरेको हो ।

त्यस्तै, बजार घटे पनि आज कारोबार रकम भने बढेको छ । आज एक करोड ६० लाख कित्ता शेयर पाँच अर्ब ५८ करोड ११ लाख रुपैयाँमा कारोबार भएका छन् भने सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ३३ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज जलविद्युत्, लगानी, व्यापार र म्युचल फन्ड समूहको शेयर बढेको छ भने अरू समूहको शेयर सामान्य घटेको छ । समग्रमा बजार घटे पनि आज कालिका पावर कम्पनी, सिंगटी हाइड्रोपावर कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्सुरेन्सको शेयर साढे छ प्रतिशतले घटेको छ ।


प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives