२४ बैशाख २०८३, बिहीबार

राष्ट्रिय चलचित्र पुरस्कारबारेको मुद्दामा उच्च अदालत पाटनले दियो सक्कल फाइल झिकाउन आदेश


काठमाडौं। उच्च अदालत पाटनले राष्ट्रिय चलचित्र पुरस्कार २०८० सम्बन्धी मुद्दामा जुरीको निर्णयको सक्कल फाइल पेश गर्न चलचित्र विकास बोर्डलाई आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद पौडेल र रमेशराज पोखरेलको संयुक्त इजलासले बुधबार प्रमाण बुझ्ने निर्णय गर्दै उक्त आदेश दिएको हो ।

राष्ट्रिय चलचित्र पुरस्कार २०८० मा सर्वोत्कृष्ट फिल्मको घोषणा नगर्ने बोर्डको निर्णयलाई चुनौती दिँदै ‘प्रकाश’ फिल्मका लेखक विकास सुवेदी, निर्देशक दिनेश राउत र जुम्लाका स्थानीय मीनराज आचार्यले असोज ४ गते रिट दायर गरेका थिए ।

सो बोर्डलाई विपक्षी बनाएर दायर गरिएको रिटमा जुरीको निर्णयको सक्कल प्रति झिकाउनुपर्ने र कारण देखाउन भन्दै परमादेशको माग गरिएको छ ।

त्यस्तै, भदौ १२ गते राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वश्रेष्ठ फिल्मलाई छाडेर अन्य विधामा मात्र पुरस्कार वितरण गरिएको थियो ।


प्रकाशित मिति: १८ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives