२५ बैशाख २०८३, शुक्रबार

शेयर बजार २७ अङ्कले बढ्यो


काठमाडौं। शेयर बजार आज बुधवार २७ अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ९० अङ्कले बढेर दुई हजार ५८ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर उकालो लागेकोमा जलविद्युत्, होटेल तथा पर्यटन र लगानी समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज सात वटा कम्पनीका शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने समग्रमा बजार हरियाली भएको दिन आज लक्ष्मी लघुवित्तको शेयर भने सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ ।

त्उस्तै, एक करोड पाँच लाख कित्ता शेयर चार अर्ब चार करोड ८८ लाख रुपैयाँमा कारोबार भएका छन् भने सबैभन्दा धेरै सिनापुर मिनरल्स एन्ड आयल कम्पनीको २६ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

 

 


प्रकाशित मिति: १८ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives