२२ मंसिर २०८२, सोमबार

गृह प्रशासनले विदेशमा गएर पेट पाल्छु भन्ने आश गरेका दुई युवाको हत्या गर्‍योः रवि लामिछाने


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालकुमारीमा गृह प्रशासनले दुई युवाको हत्या गरेको बताएका छन् ।

सोमबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बालकुमारी घटनाबारे छलफलमा भाग लिँदै सांसद रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गएर रोजगारी गर्छु र पेट पाल्छु भन्दा गृह प्रशासनले गोली हानेर हत्या गरेको बताएका हुन् ।

‘पहिला गोली चलेको हो कि मन्त्रीको गाली जलेको हो ? त्यसमा पनि तपाईँहरूको गोलमटोल जवाफ छ’, उनले आदेश नै विना प्रहरीले दिनदहाडै मार्ने हिम्मत नगर्ने बताएका छन् ।

‘तपाईँलाई म स्पष्ट भन्छु देशमा रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु भन्ने आशा बोकेर गएको युवाको गृह प्रशासनले हत्या गर्‍यो’, उनले उच्च राजनीतिक नैतिकताको अपेक्षा गर्दै बालकुमारी घटनामा पूर्व सूचना हुँदा हुँदै पनि गृह प्रशासनले लापरबाही गरेको समेत बताएका छन् ।

 


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार