२२ मंसिर २०८२, सोमबार

मन्त्रीको गाडीमा आगजनीपछि अवरुद्ध बालकुमारी सडक सञ्चालनमा


काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी भएपछि अवरुद्ध ग्वार्को(कोटेश्वर सडक सञ्चालनमा आएको छ।

रोजगार अनुमति प्रणाली (इपिएस) लाई लिएर आन्दोलन गरिरहेकाहरूले दिउँसो करिब १ बजे बालकुमारीमा सडकमै मन्त्री ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । अहिले स्थिति सामान्य अवस्थामा आएको र सडकमा सवारी साधनको आवतजावत पनि सामान्य बनेको प्रहरीले जनाएको छ ।

मन्त्रीको गाडीमा आगजनी गर्ने ५४ जना भन्दा बढी व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सो आगजनी भएपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस र गोली चलाएको थियो। उक्त घटनामा एक जनाको मृत्यु समेत भएको छ।

 


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार