११ पुष २०८१, बिहीबार

नेपाल बैंकका शाखा प्रबन्धक कोइरालालाई ६ वर्ष १ महिना कैद सजाय !


काठमाडौँ । नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई सजाय तोकिएको छ । आज विशेष अदालतका न्यायाधीशहरू खुसिप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई सजाय तोकेको हो ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कोइरालालाई ५४ लाख ८४ हजार रुपैयाँ बिगो, उति नै जरिवाना र ६ वर्ष १ महिना कैद सजाय तोकेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?