२ पुष २०८२, बुधबार

स्वास्थ्यकर्मी माथि जातीय विभेद गर्ने थप एक जना पक्राउ


काठमाडौं। मुगुमा स्वास्थ्यकर्मी माथि जातीय विभेद गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । त्यस्तै, २३ वर्षीया तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा मुगुको सोरू गाउँपालिका-९ का सुरजकुमार शाही पक्राउ परेका हुन्।

उनलाई जिल्ला प्रहरी कार्यालय मुगुले सोमबार साँझ पक्राउ गरेको हो । स्वास्थ्यकर्मी विश्वकर्माले सुरजसहित ३ जनाविरुद्ध शुक्रबार प्रहरीमा उजुरी दिएकी थिइन्।

यसअघि सोरू गाउँपालिका-९ का ५४ वर्षीय झ्‍यापु शाही र सोही पालिकाको वडा–६ का धनप्रसाद भट्ट पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार