२७ बैशाख २०८३, आईतवार

१४ किलो सुन प्रकरणको छानबिन गर्न बनेको समितिको म्याद थपियो


काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन प्रकरणको छानबिनका लागि गठित समितिको म्याद एक साताका लागि थप भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले छानबिनका लागि गठन गरेको प्रमुख भन्सार अधिकृत मनिराम पौडेल नेतृत्वको समितिको म्याद ७ दिन थप गरिएको प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले बताएका छन् ।

उक्त छानबिनका क्रममा समितिले तीन जना सरसफाइ कर्मचारीलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा शेरबहादुर बस्नेत, सुशीला पाण्डे र गणेश चेपाङ छन् भने जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर उनीहरुमाथि अनुसन्धान भइरहेको पाण्डेले बताएका छन् ।

‘समितिले थप काम गर्नुपर्ने देखिएकाले म्याद थप गरिएको छ’, उनले भने । २१ मंसिरको राति विमानस्थलमा फ्लाई दुबईबाट आएका एक व्यक्तिको साथबाट १४ किलो सुन बरामद भएको थियो भने ती व्यक्तिले बयानका क्रममा विमानस्थलभित्र शौचालयमा लुकाउने जिम्मेवारी आफूले पाएको बताएका थिए ।

त्यस्तै, छानबिन समितिमा प्रहरीका डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना सदस्य छन् भने १४ किलो सुन बरामद भएको भोलिपल्टै प्रहरीले विमानस्थलको भन्सार जाँच पास गरेको साढे ६ किलो सुन बरामद गरेको थियो ।


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives