२७ बैशाख २०८३, आईतवार

अचानक शङ्कास्पद व्यक्ति छिरेपछि संसद बैठक अवरुद्ध


काठमाडाैं। भारतको केन्द्रीय संसद लोकसभा बैठक चलिरहेका बेला दर्शक दीर्घाबाट एक शङ्कास्पद व्यक्ति अचानक बैठक हलमा दौडिएपछि संसद कारबाही अवरुद्ध भएको छ ।

त्यस्तै, शङ्कास्पद एक जना व्यक्ति सभामुखतर्फ अघि बढेपछि अर्का व्यक्तिले साथबाट एउटा सामान निकालेपछि बैठक कक्षमा धुवाँ फैलिएको थियो । सुरक्षाकर्मीले दुवैलाई पक्राउ गरे पनि संसदको सुरक्षालाई लिएर सांसदहरुले हङ्गामा मच्चाएका छन् भने लोकसभा सभामुख ओम बिडलाले यसको छानबिन हुने बताएका छन् ।

भिडिओमा देखिए अनुसार एक जना व्यक्ति सांसदको बीचबाट माथि माथि कुद्दै सभामुखको कुर्सीतर्फ बढेको देखिन्छ भने शङ्कास्पद व्यक्तिलाई पक्राउ गरी सोधपुछ थालिएको छ । त्यस्तै, पश्चिम बङ्गालका बीजेकी सांसद खानेन मुर्मू बोलिरहेका बेला अचानक संसदमा होहल्ला भएको थियो ।


प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives