१९ मंसिर २०८२, शुक्रबार

उपन्यास ‘आधा मण्डप’ लाेकार्पण


काठमाडौं । युवा साहित्यकार रुपक अधिकारीकाे दाेस्राे कृति “आञा मण्डप” लाेकार्पण गरिएकाे छ । रिड एण्ड राइज पिक्चर एण्ड प्रिन्टद्वारा वितरित उपन्यासकाे प्रकाशक अमीर केसी र सहदेव अर्याल “यात्री” रहेका छन् ।

प्रज्ञा प्रतिष्ठानमा आयाेजित कार्यक्रममा लेखक सगुना शाह, चलचित्र निर्देशक मुस्कान ढकाल, कवि राजेन्द्र श्रेष्ठ ‘नेपाली’ लगायतले उपन्यास “आधा मण्डप” लाेकार्पण गरे । उपन्यासकार अधिकारीकाे यसअघि “साढे ३ हत्या” नामक उपन्यास प्रकाशित छ । उपन्यासकार अधिकारीले नेपाली समाजकै घटना र सन्दर्भमा केन्द्रीत रहेर आधा मण्डप उपन्यास लेखिएकाे बताए ।


प्रकाशित मिति: २३ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार