२५ बैशाख २०८३, शुक्रबार

ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा किसान खुसी


फुङ्लिङ,ताप्लेजुङ। ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । बिहीबार साँझ वर्षा भएसँगै सामान्य हिमपात हुँदा किसान खुसी भएका छन् ।

त्यस्तै, ओलाङ्चुङगोला, याङमा घुन्सा, लेलेप , गयाब्ला, फलेलगायतका बस्तीमा सामान्य हिमपात भएको फक्ताङलुङ गाउँपालिका–६ घुन्साका टासी तेन्जिङले बताउदै सामान्य हिमपात भएकाले खासै जनजीवन प्रभावित भने नभएको समेत बताएका छन् । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत हल्का हिमपात रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए । वर्षासँगै सामान्य हिमपात भएकाले ताप्लेजुङमा चिसो बढेको छ ।

त्यसैगरी हिउँ पर्न सुरु गरेसँगै पाथीभरा दर्शन गर्न आएका तीर्थयात्री भने हिउँमा खेलेर रमाउन पाउने भएकाले खुसी भएका छन् भने गएको वर्षको तुलनामा यो वर्ष ताप्लेजुङमा छिटो हिमपात भएको हो । गएको वर्ष फागुनको दोस्रो सातामात्रै हिमपात भएको थियो ।

वर्षा हुँदा स्थानीय भने खुसी भएका छन् । लामो समयसम्म वर्षा नहुँदा बालीनाली सुक्न थालेपछि किसान चिन्तित थिए । वर्षाले किसानलाई केही राहत पुगेको फक्ताङलुङ गाउँपालिका–६ का बिर्ख लिम्बूले जानकारी दिदै वर्षा भएसँगै अलैँची, सागसब्जीलगायतका हिउँदे बालीका लागि राम्रो भएको उनले बताएका छन् ।


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives