२० मंसिर २०८२, शनिबार

मध्यरातमा बाहिरबाट ताला लगाएर वडाध्यक्षको घरमा आगजनी


काठमाडौं। धनकुटाको पाख्रिबास नगरपालिका-६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँको घरमा अपरिचित व्यक्तिले आगो लगाएका छन् । राति वडाध्यक्ष परिवारसहित सुतेकै अवस्थामा बाहिरबाट ताला लगाएर आगजनी गरिएको हो भने तल्लो तलामा भान्सामा सिलिण्डरको छेउमा रहेको कपडामा आगो लागेको धनकुटा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताएका छन् ।

त्यस्तै, वडाध्यक्ष श्रीमतीसहित माथिल्लो तलामा सुतेको अवस्थामा मध्यरातमा तल्लो तलामा आगो लगाइएको बताइएको छ । गुरागाईँ काँग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका हुन् भने भान्छा कोठाको ढोका खोलेर दुई वटा ग्यास सिलिन्डर एकै ठाउँमा भेला गरी सबै कपडाहरू पनि एक ठाउँमा थुपारेर आगो सल्काइएको प्रजिअ पौडेलले बताए ।

उक्त आगोबाट तल्लो तलाका तीन वटा कोठाका अधिकांश सामान जलेको छ भने आगो लगाउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार