२४ बैशाख २०८३, बिहीबार

राष्ट्रिय स्वतन्त्र पार्टीले १४ जना केन्द्रीय समिति सदस्यमा मनोनीत (नामावलीसहित):-


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका १४ सांसदलाई केन्द्रीय समितिमा मनोनीत गरेको छ ।

महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कमिटीमा नरहेका १४ सांसदलाई मनोनीत गरेको एक नेताले बताएका छन् ।

उक्त बैठकले सांसदहरू विराजभक्त श्रेष्ठ, सन्तोष परियार, डा. स्वर्णिम वाग्ले, निशा डाँगी, मनिष झा, शिशिर खनाल, हरि ढकाल, डा. तोसिमा कार्की, डा. चन्दा कार्की, असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, विनीता कठायत र शिव नेपालीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

त्यस्तै, यसअघि सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्यालसहित ६ सांसद मात्रै केन्द्रीय समितिमा थिए भने केन्द्रीय समिति बैठक विस्तार गरेपछि ५२ जनाको समिति समेत बनेको छ ।

 


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives