२४ बैशाख २०८३, बिहीबार

इप्पानलाई नयाँ उचाईं दिन सतप्रतिशत योगदान पुर्‍याउनेछु : नवनियुक्त प्रमुख गौतम


 

काठमाडौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को प्रमुख कार्यकारीमामा भीमप्रसाद गौतम नियुक्त भएका छन्।

इप्पानले गौतमलाई बुधबार तीन वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो। इप्पान अध्यक्ष गणेश कार्कीले गौतमलाई प्रमुख कार्यकारीको रुपमा स्वागत गर्दै, गौतमको कार्यकालमा इप्पानले नयाँ उचाईं हासिल गर्ने विश्वास व्यक्त गरे।

इप्पानका नवनियुक्त प्रमुख कार्यकारी गौतमले  इप्पानलाई नयाँ उचाईं दिन आफूले सतप्रतिशत योगदान दिने बताएका छन् ।

काभ्रेपलाञ्चोकको बनेपाका गौतमसँग दुई दशक लामो पत्रकारिताको अनुभव रहेको छ भने पछिल्लो १५ वर्षदेखि ऊर्जा र पूर्वाधार क्षेत्रका विविध मुद्दामा कलम चलाउँदै आएका छन् ।

त्यस्तै, नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्षसमेत रहेका गौतम राजधानी दैनिक, सौर्य दैनिक, रेडियो नेपाल, इमेज च्यानल, नेपाल वान च्यानल, कारोबार दैनिक हुँदै पछिल्लो समय नेपाल पूर्वाधार डटकममा सम्पादकीय नेतृवमा समेत रहेका थिए ।


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives