२० मंसिर २०८२, शनिबार

केपी ओली टी-२० क्रिकेट प्रतियोगितामा आर्मीको विजयी सुरुवात


काठमाडौं। केपी ओली टी-२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।

आर्मीले सोमबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीको निलो टिममाथि ११० रनको जित निकालेको हो। समूह ‘डी’ को यो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ६ विकेटको क्षतिमा १९५ रन जोड्यो । बलिङमा मदन भण्डारीका मोहील श्रेष्ठले २ विकेट लिए ।

त्यस्तै, १९६ रनको लक्ष्य पछ्याएको मदन भण्डारी १५.४ ओभरमा ८५ रनमा अलआउट भयो भने उसका लागि निर्भीक पाठकले सबैभन्दा बढी २८ रन बनाएका थिए । आर्मीका लागि सन्तोष कार्कीले ४१ रन र कप्तान विनोद भण्डारीले ३८ रन जोडे । कुशल मल्लले २१ बलमा ३ छक्काको मद्दतमा २५ रन र विवेक यादवले १२ बलमा ३ चौका र २ छक्काको मद्दतमा नटआउट २९ रन जोडे ।

बलिङमा आर्मीका कुशल मल्लले ३ विकेट लिए। उनले १.४ ओभर बलिङ गर्दा २ रन मात्र खर्चिए। जितेन्द्र मुखिया र साहब आलामले २/२ विकेट लिए । त्यसअघि आजै भएको खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो ।


प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार