१ पुष २०८२, मंगलवार

आचार्य श्रीनिवास गौशालाबाट पक्राउ


काठमाडौं। काठमाडौंको गौशालाबाट धर्मगुरु भनिने आचार्य श्रीनिवासलाई पक्राउ परेका छन् ।

दुर्गा प्रसाईँ पक्षले सोमबार गौशाला क्षेत्रमा प्रदर्शन गरेका थिए भने सो प्रदर्शनमा आचार्य श्रीनिवासले पनि बोलेका थिए ।

उक्त प्रदर्शनकारीहरूले गौशाला चोकमा सडक अवरुद्ध गरेको र प्रहरीलाई लक्षित गरी ढुंगामुढा गरेको भन्दै प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा आचार्य श्रीनिवासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार