१ पुष २०८२, मंगलवार

कांग्रेसको केन्द्रीय लेखा समितिमा चार सदस्य मनोनीत


काठमाडौं। नेपाली कांग्रेसको  केन्द्रीय लेखा समितिमा चार जना सदस्य मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले श्यामकुमार घिमिरे संयोजकत्वमा रहेको केन्द्रीय लेखा समितिमा सोमबार चार जना सदस्य मनोनीत गरेका हुन् ।

सो समितिमा मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार धनुषाका दिलीप ढुङ्गाना, अर्घाखाँचीका डेविड बस्याल, मकवानपुरका रमेश नेपाल र सिन्धुलीका अनन्त कार्कीलाई लेखा समिति सदस्य मनोनीत गरिएको हो । सभापति देउवाले ०७९ साउनमा संयोजकमा केन्द्रीय सदस्य घिमिरेलाई मनोनीत गरेका थिए भने सभापति देउवाले पार्टीका विभाग तथा समितिमा मनोनीत गर्दा ढिलाइ गर्ने गरेका छन् ।

उक्त महाधिवेशन भएको छ महिनाभित्र विभाग तथा समिति गठन गर्नुपर्ने भए पनि देउवाले ढिला गरी केही विभाग र समिति गठन गरेका छन्।


प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार