१ पुष २०८२, मंगलवार

बैतडीका दुई स्थानीय तहमा आज र भोलि सार्वजनिक बिदा


काठमाडौं। बैतडीका दुई स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । जिल्लाको दशरथ चन्द नगरपालिका र मेलौली नगरपालिकाले मेलाको अवसरमा बिदा दिएका हुन् । मेलौली नगरपालिकाले मेलौली भगवती मन्दिरमा लाग्ने ‘देहीजात’को अवसरमा आज र भोलि बिदा दिएको छ । उक्त नगरपालिकाले जात्राको अवसरमा नगरपालिका भित्रका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था लगायतमा बिदा रहेको जनाएको छ ।

त्यस्तै, मेलौली भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् भने जिल्लाको प्रसिद्ध जगन्नाथ धाममा लाग्ने जात्राको अवसरमा दशरथचन्द नगरपालिकाले आज बिदा दिएको छ । त्यसैगरी जगन्नाथ धाममा हरेक बर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ भने जगन्नाथ धामको जात्रामा बैतडीका मात्रै नभएर अन्य ठाउँका दर्शनार्थीहरु समेत आउने गरेका छन् ।


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार