९ असार २०८३, मंगलवार

कसैप्रति लक्षित गरी घृणायुक्त अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग र धरपकड नगर्न सरकारलाई आग्रह गरेको छ ।
आयोगले आफ्ना विमति र विरोधका कार्यक्रम गर्दा संविधान, कानुन र मानव अधिकारका मूल्यमान्यता र परिधिभित्र रहेर गर्न आग्रह गरेको हो ।
“कसैप्रति लक्षित गरी घृणायुक्त अभिव्यक्ति नदिन एवम् यस प्रकारका पोष्टर तथा श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा नराख्नु”–आयोगका प्रवक्ता टीकाराम पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जालको दुरुपयोग रोक्न, हिंसा भड्किने प्रकारका कुनै पनि गतिविधि गरी जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आयोग प्रदर्शनरतपक्षलाई आग्रह गर्दछ ।”

राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट बिहीबार काठमाडौँमा भएको प्रदर्शन र त्यसपश्चात् विभिन्न माध्यमबाट सार्वजनिक भएका घृणायुक्त अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सबै दुवै पक्षलाई संयमित हुन र घुणायुक्त अभिव्यक्ति नदिन अनुरोध गरेको हो ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives