२५ बैशाख २०८३, शुक्रबार

एमालेका युवा–विद्यार्थीको प्रदर्शन


७ ,मङ्सिर ,काठमाडौँ । सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बिथोलिएको र भ्रष्टाचारजन्य गतिविधि बढेको भन्दै नेकपा (एमाले) निकट युवाले काठमाडौँको तीनकुनेमा विरोध प्रदर्शन गरेका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपाल र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको प्रदर्शनमा एमालेका नेता एवं सङ्घका इञ्चार्ज महेश बस्नेत, एमाले नेता पार्वत गुरुङ, सङ्घका अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियुका अध्यक्ष समीक बडाललगायत नेताले विभिन्न नाममा मुलुकमा अराजकता मच्याउन खोजिएकामा दुःख व्यक्त गरे । प्रदर्शनमा एमालेका अन्य जनसङ्गठनको पनि सहभागिता थियो ।

नेता बस्नेतले नेपालमा अस्थिरता निम्त्याएर विकास र समृद्धि हुन नदिने चलखेलप्रति सदैव चनाखो हुन आग्रह गरे ।


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives