२५ बैशाख २०८३, शुक्रबार

वैदेशिक रोजगार सन्तति छात्रवृत्ति कार्यक्रमका लागि निवेदन माग


काठमाडौं। वैदेशिक रोजगारमा गइ ज्यान गुमाएका तथा पूर्ण अशक्त भएका व्यक्तिका सन्तानहरुलाई छात्रवृत्तिको लागि वैदेशिक रोजगार बोर्डले निवेदन माग गरेको छ । उक्त बोर्डको सचिवालयले एक सूचना जारी गर्दै आफू अध्ययन गरिरहेकै विद्यालयमा निवेदन दिन भनेको हो ।

त्यसैगरी श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई मृत्यु वा अंगभंग वा बिरामी भई वैदेशिक रोजगार बोर्डबाट शत प्रतिशत आर्थिक सहायता लिएका कामदारका छोराछोरीले निवेदन दिन पाउनेछन् भने सो छात्रवृत्ति पाउन १८ वर्षमुनिको हुनुपर्नेछ ।

त्यस्तै, बोर्डबाट वार्षिक रूपमा आधारभूत तहका लागि १२ हजार र माध्यमिक तहका लागि १६ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिँदै आएको छ भने एक जना विद्यार्थीलाई एउटा कक्षामा एक पटकका लागि मात्रै वार्षिक रूपमा एकमुष्ट छात्रवृत्ति उपलब्ध गराइने बोर्डले जनाएको छ ।


प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives