३० बैशाख २०८३, बुधबार

कुटनीतिक मामिला विज्ञ नेपाल पोर्चुगलको राजदूत सिफारिस


काठमाडौँ । कुटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञको रुपमा सक्रिय नेपाली काँग्रेसका युवा नेता शनिल नेपाल पोर्चुगलको राजदूतका लागि सिफारिस भएका छन् ।

राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास, लोकतन्त्र, समावेशीता, सञ्चारलगायतका विषयमा विज्ञका रुपमा काम गर्दै आएका नेपालले विभिन्न योजना र नीति निर्माणसँगै रणनीतिक योगदान गर्दै आएका थिए ।उनले काँग्रेसमा संसद, पार्टी र समाजमा खेल्नुपर्ने भूमिकामा विषयगत विज्ञको रुपमा परामर्श दिने गरेका थिए ।उनले दर्जनौ अन्तर्राष्ट्रिय दातृ निकायसँगै स्वदेशी तथा विदेशी संघ संस्थाहरुमा विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् ।

पाल्पामा जन्मेका नेपाल बाल्यकालदेखि नै काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्वदायी भूमिकामा रहेका थिए । विद्यालयमा नेविसंघको अध्यक्ष हुदै सुरु भएको उनको नेविसंघ यात्रा त्रिभुवन विश्वविद्यालय कृतिपुर केन्द्रीय क्याम्पसको अध्यक्षसम्म पुगेको थियो ।

त्रिभुवन विश्वविद्यालयबाटै मानवीकि संकाय तर्फको अंग्रेजी साहित्य र समाजशास्त्र गरी दुई विषयमा स्नातकोत्तर गरेका नेपालले कानुन शास्त्रका समेत विद्यार्थी हुन ।युरोपेली मुलुक मध्ये सबैभन्दा धेरै नेपाली रहेको पोर्चुगलमा नेपाली दूतावास नहुँदा समस्या भएको भन्दै त्यहाँस्थीत नेपालीले तत्काल दूतावास स्थापना गर्दा दवाव दिदै आएका थिए ।

मन्त्रीपरिषद्को यो निर्णयले पोर्चुगलमा रहेका नेपालीले खुशी व्यक्त गर्दै सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । पोर्चुगलमा ६० हजार भन्दा बढी नेपाली रहेको बताइएको छ ।


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives