९ असार २०८३, मंगलवार

अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ६७ दिनपछि सुरु


काठमाडौं। मुआब्जा विवाद मिलेपछि ६७ दिनदेखि ठप्प रहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्‌गृहस्थलको काम बिहीबारबाट सुरु भएको छ । सरकारले मुआब्जा पीडितका लागि आवश्यक पर्ने ५३ करोड रुपैयाँ जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाको खातामा पठाएपछि स्थानीयले आन्दोलन फिर्ता लिएका हुन् भने प्रधानमन्त्री कार्यालयमा मुआब्जाको कागजपत्र अड्किएपछि स्थानीयले भदौ १६ देखि अरुण प्रवेश मार्गको काम ठप्प पारेका थिए । त्यस्तै, छ्याङकुटी-दिदिङ पुखुवा सडकखण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा विवाद थियो भने अब प्रवेश मार्गमा रहेका ४ सय स्थानीयले ५ सय ५४ रोपनी जग्गाको मुआब्जा पाउने छन् । उक्त जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा गठित छुट मुआब्जा निर्धारण समितिले गत वैशाख २६ गते छयाङकुटी-दिदिङ सडकखण्डको प्रति रोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो भने सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो विद्युत् आयोजना निर्माण भारतीय कम्पनी सतलजले गरिरहेको छ ।


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives