१४ पुष २०८१, आईतवार

भुकम्प प्रभावित क्षेत्र केन्द्रीत रक्तदानमा नेविसंघ


काठमाडौंः नेविसंघले भुकम्प प्रभावित क्षेत्र केन्द्रीत रक्तदान गर्ने भएको छ । यसका लागि उज्जवल बज्राचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति समेत गठन भएको नेविसंघले जनाएको छ । समितिमा प्रविण घिमिरे र जयराम बडाल सदस्य रहेका छन् ।

संयोजक बज्राचार्यका अनुसार रक्तदान २४ सै घण्टा सञ्चालन गरिनेछ । यसका लागि रक्तदातालाई सम्पर्क गर्न आग्रह गरिएको छ । रक्तदाता र रक्त समूहको विवरण संकलन भइरहेको उनले जानकारी दिए । रक्तदान त्रिवि शिक्षण अस्पत्ताल महाराजगञ्जमा हुनेछ ।


प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?