१२ पुष २०८१, शुक्रबार

आफू चढेको हेलिकप्टर उद्धारमा छोडेर नियमित उडानबाट फर्कँदै प्रधानमन्त्री


काठमाडौं । भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोट र रुकुम (पश्चिम) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानबाट फर्कने भएका छन् ।

आफू गएको नेपाली सेनाको हेलिकप्टर घाइतेहरुको उद्धारमा छोडेर नियमित उडानबाट प्रधानमन्त्री फर्कन लागेका हुन् । ‘प्रधानमन्त्री अहिले साढे दुई बजेको नियमित उडानबाट काठमाडौं फर्कंदै हुनुहुन्छ, हेलिकप्टर चाहिँ घाइतेहरुको उद्धार गर्न छोडिएको हो’, प्रेस संयोजक सचिव सूर्यकिरण शर्माले भने ।


प्रकाशित मिति: १८ कार्तिक २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?